दरबन्दी नभएका स्थानमा समायोजित कर्मचारीलाई पनि हाजिर गराउन स्वास्थ्य मन्त्रालयको परिपत्र


१ कार्तिक २०७६, शुक्रबार
health ministray

काठमाडौं, १ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ स्थानीय तहलाई दरबन्दीभन्दा बढी र दरबन्दी नै नभएका स्थानमा समायोजन भएर गएका सबैलाई सोही तह र पदनाम कायम राखी हाजिर गराउन पत्राचार गरेको छ ।

मन्त्रालयले हिजो बिहीबार सबै स्थानीय तहलाई पत्र लेखी दरबन्दीभित्र वा दरबन्दी बढी भएका सबै कर्मचारीलाई पद र पदनाममा हाजिर गराई कामकाजमा खटाउने व्यवस्था मिलाउन जानकारी गराएको छ ।

मन्त्रालयका प्रशासन शाखाका उपसचिव भानुभक्त न्यौपानेले कर्मचारी समयोजनका क्रममा भएको यस्ता समस्याबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृति दरबन्दी भन्दा बढी कर्मचारी भएका तहहरुमा कर्मचारी अवकाश भएर वा अन्य कुनै कारणले रिक्त दरबन्दीमा पदपूर्ति नगरी सामायोजन भएका कर्मचारीलाई क्रमशः मिलान गर्दै जाने निर्देशन आएकाले सोहीअनुसार गर्न पत्र लेखेका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी समयोजनका क्रममा दरबन्दीभन्दा बढी कर्मचारी एउटै पदमा समायोजन भएपछि स्थानीय तहले जो पहिले समयोजनको पत्र लिएर आयो उसैलाई हाजिर गराउँदै आएका छन् ।

हुलाकबाट समायोजन पत्र पठाइएपछि स्थानीय तहका स्वास्थ्यका कर्मचारी समायोजन भएको पत्रको फोटो खिच्नका लागि मन्त्रालयलमा आई लामो लाइन बसेर फोटो खिचिरहेका छन् ।
हेर्नुस् विज्ञप्ती

 

letter 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७