नौविसे-नागढुङ्गा सडक आजबाट एकतर्फी सञ्चालन हुने


१ कार्तिक २०७६, शुक्रबार
naubise jaam 3

काठमाडौं, १ कार्तिक । नौविसे–नागढुङ्गा सडक शुक्रबार अपराहृनसम्म एकतर्फी मात्रै सञ्चालन हुने भएको छ ।

नौविसे–नागढुङ्गा सडकखण्ड अन्तर्गतको धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलीदेखि सिक्रखोलासम्म सडक कालोपत्रे र मर्मतको काम भइरहेकोले सवारी आवागमन एकतर्फी सञ्चालन भएको हो ।

यो लामो जाम हुने सडकखण्ड हो । दिनभर एकतर्फी मात्रै सवारी सञ्चालन हुँदा शुक्रबार अझैं जाम हुने देखिएको छ ।

एकतर्फी सवारी सञ्चालनका कारण समस्या हुने भएकोले ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सवारी चालकलाई सचेत गराएको छ । साथै केही समस्या वा गुनासो भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न यात्रुलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७