अमिताभ बच्चन अस्पताल भर्ना, अस्पतालबाट गरेको ट्वीट ‘भाइरल’


१ कार्तिक २०७६, शुक्रबार
amitabh bachchan

काठमाडौं, १ कार्तिक । बलिउड फिल्म उद्योगका बादशाह अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी नियमित स्वास्थ्य जाँचका क्रममा तीन दिनदेखि स्थानीय नानावती अस्पतालमा भर्ना भएका हुन् ।

स्वास्थ्य परीक्षणको रिपोर्ट सामान्य आएपछि उनी आइतबार डिस्चार्ज हुने अस्पतालले जनाएको छ ।
उनले स्वास्थ सामान्य रहेको भन्दै ट्वीटमार्फत जानकारी गराएका छन् । अस्पताल बसाईका तस्बिर पनि पोस्ट गरेका छन् । उनको गरेको एउटा ट्वीट भने भारतका मिडियामा भाइरल भइरहेको छ ।

समाचारमा जनाइएका अनुसार अमिताभले ११ घण्टा पहिले एउटा ट्वीट गरेका छन् । जसमा उनले श्रीमती जया बच्चनसँग खिचाएको तस्बिर शेयर गर्दै करवा चौथ ब्रतको बधाइ दिएका छन् ।
उक्त तस्बिर जयाले आफ्ना पति अमिताभ बच्चनको दीर्घआयुको कामनाका लागि करवा ब्रत बस्ने क्रममा खिचेको हो । २०१२ मा शल्यक्रिया गरेदेखि नियमित स्वास्थ्य जाँचका लागि उनी अस्पताल जाने गर्छन् ।

आफ्ना प्रिय नायक अस्पताल भर्ना भएको खबर पाएपछि उनका प्रशंसकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् । फ्यानहरुले छिटो ठीक भएर फर्कन आग्रह गरेका छन् । एक शुभचिन्तकले लेखेका छन्, ‘अमिताभ बच्चन छिटो ठीक भएर छिटोभन्दा छिटो फर्कने छन् ।

अर्का युजरले लेखेका छन्, ‘अमिताभ छिटो सन्चो हुनुहोस् । कौन बनेगा करोडपतिको १० सिरिज गर्न बाँकी छ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७