बुद्ध एयरको काउण्टर तोडफोड गर्ने सांसद तारेखमा छुटे


१ कार्तिक २०७६, शुक्रबार
sansad Pramod

काठमाडौं, १ कार्तिक । जनकपुर विमानस्थलको बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोदकुमार साह साधारण तारेखमा छुटेका छन् ।

जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । राजपाका महासचिव तथा प्रवक्ता केशव झाले सांसद साहलाई अदालतले साधारण तारेखमा रिहा गरेको जानकारी गराएका छन् ।

गत सोमबार विमान उडानमा ढिलाइ भएको भन्दै सांसद साहले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए । उनलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो । ओखलढुङ्गा जान लागेका बेला त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएका साहलाई प्रहरीले धनुषा लगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७