आपत्तिजनक अवस्थामा भेटिएका जोडीलाई कपाल मुण्डन गर्दै पिसाव पिलाइयो


१ कार्तिक २०७६, शुक्रबार
jodi

काठमाडौं, १ कार्तिक । कानूनी राज्यमा कसैले गल्ती गरे कानून अनुसारकै सजाय दिइनु पर्छ । तर, अझै पनि ग्रामीण भेगमा सुरक्षा निकायको पहुँच कम भएको फाइदा उठाउँदै दोषीलाई अमानवीय सजाय दिइने गरेको छ । नेपालमा मात्र होइन छिमेकी देश भारतमा समेत यस्ता घटना बाक्लै हुने गरेका छन् ।

भारतको राजस्थानमा आपत्तिजनक अवस्थामा भेटिएका जोडीलाई स्थानीयले आफै यस्तै कठोर सजाय दिएका छन् । यस्तै एउटा घटना भारतको राजस्थानमा भएको भारतीय मिडिया आज तकले लेखेको छ ।

यहाँ एक महिला र पुरुषलाई आपत्तिजनक अवस्थामा भेटिएपछि पञ्चायतको आदेशमा दुवैको केश मुण्डन गरिएको छ र पुरुषलाई पिसाब पिउन बाध्य पारिएको छ । यो घटनाको भिडियो रेकर्ड गरिएको थियो जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटना राजस्थानको नागौर जिल्लाको भएको जनाइएको छ । यहाँ बसोवास गर्ने कालबेलिया समाजका ती जोडीलाई निर्दयी तरिकाले कुटिएको छ । त्यसपछि दुवैको कपाल काटेर मोसो दलिएको छ । यति मात्र होइन पुरुषलाई बोतलबाट पिसाब पिलाइएको छ ।

भिडियोको पुष्टि भएपछि एसपी डा. विकास पाठक र एएसपी नीतिश आर्य घटनास्थलमा गएर भिडियोमा देखिएका व्यक्तिहरुलाई पक्राउ गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७