‘डन’ सहित उपत्यकामा निर्माण सामग्रीमा ठगी गर्ने २३ डिपो सञ्चालक पक्राउ


१ कार्तिक २०७६, शुक्रबार
dagi

काठमाडौं, १ कार्तिक । काठमाडौं उपत्यकामा निर्माण सामग्रीको परिमाणमा ठगी गर्दै आएको ठूलो सञ्जाललाई आज (शुक्रबार) प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गुण्डा नाइके सुकबहादुर लामा ‘बाघे’ सहित २३ जना डिपो सञ्चालकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लामा जेभियर्स सप्लायर्सका सञ्चालक हुन् । उनीहरुले सञ्जालकै रुपमा इँटा, ढुङ्गा, गिटी, फलामलगायतका निर्माण सामग्री ढुवानीमा परिमाण कम गरेर ठगी गर्दै आएको प्रहरीको भनाई छ ।

74615470 252925172317246 7544793071188180992 n

उनीहरुले निर्माण सामाग्री ढुवानी गर्ने मिनी ट्रकहरुमा ५ इञ्चसम्मको फलामे र काठको बक्स बनाई राखी परिमाण कम गरी उपभोक्ताहरुलाई बेच्ने गरेको खुलेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा ग्राहकहरुलाई १०० क्यूफिट प्रतिढुवानी भनि सामान बिक्री गर्दा जम्मा ८२.६३ क्यूफिट मात्र निर्माण सामाग्री ढुवानी हुने गरेको पाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिए ।

उनीहरुले प्रति ढुवानीमा ग्राहकहरुबाट एह कजार ६२० रुपैयाँदेखि दुई हजार २०० रुपैंयाँसम्म ठगी गर्ने गरेको अनुसन्धानमा देखिएको प्रहरी महाशाखाले जनाएको छ । प्रहरीले उनीहरुमार्फत निर्माण सामग्री लिई घर निर्माण गरिरहेकाहरुलाई सम्पर्कमा आउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७