‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनीक


१ कार्तिक २०७६, शुक्रबार
love u hamesha

काठमाडौं, १ कार्तिक । त्रिकोणात्मक प्रेम कथानक फिल्म ‘लभ यु हमेशा’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ ।

कार्तिक २२ गते देशभर र त्यसभन्दाएकसाताअघिअर्थात १५ कार्तिकमाइन्डियामाप्रदर्शन हुने तयारीमा रहेको फिल्मलाई भास्कर प्रधानले निर्देशन गरेका हुन् ।

प्रदर्शन मिति नजिकीदै जादा ‘लभ यु हमेशा’ ले दर्शक मुखी कार्यक्रम सुरु गरेको छ । फिल्मका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’अंकीतकप,पेन तथा डायरी प्रदान गरिरहेका छन् ।

दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिल स्थित गोपीकृष्णहलबाट सुरु गरिएको हो ।
फिल्मका प्रमुख अभिनेता यशराज गरच,अभिनेत्री फिजा योन्जन,ऋचा थापा तथा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् ।

कलाकारको टोली शुक्रबार कमल पोखरीस्थित बिग सिनेमामा पुगेर दर्शकसँग खेल खेल्दै फिल्मको प्रचार गरेको थियो ।

निर्देशक प्रधानकै लेखन रहेको फिल्म यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ ।

फिल्म प्रदर्शन भन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथाटिभीलाइभशोमार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माण पक्षले जनाएको छ ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिब ढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्ममा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा,सल्देन तामाङ,प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् ।

https://youtu.be/EemuREm31D4

भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको बितरण रिच इन्टरटेन्मेन्टले गर्दैछ ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७