महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा खोलियो


१ कार्तिक २०७६, शुक्रबार
mahabir pun

काठमाडौं, १ कार्तिक । महावीर पुनको नेतृत्वमा काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्र खाेलिएकाे छ । शुक्रबार एक कार्यक्रमकाबीच केन्द्रको उद्घाटन गरिएको हो ।

करिब ८ करोडको लागतमा उक्त केन्द्र स्थापना गरिएको केन्द्रको अध्यक्ष महावीर पुनले जानकारी दिए । नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी उक्त केन्द्र स्थापना गरिएको उनको भनाई छ ।

नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पारे । केन्द्रबाट ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पुनले बताए ।

 

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ ।

त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका सहरमा काम सुरु गरिएको छ । अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने बताए ।

उनले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीको सहायता गर्ने बताए ।

कार्यक्रममा केन्द्र स्थापना गर्न सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

नेपालको ग्रामिण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा संचालनमा ल्याएका युवा वैज्ञानिक पुनले सो राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको नेतृत्व गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७