डव्लुसिएल क्रिकेटः विराटनगर टाइटन्सको लगातार दोस्रो जित, चितवन राईनोजले पोखरालाई हराए


१ कार्तिक २०७६, शुक्रबार
cricket Nepal women

काठमाडौं, १ कार्तिक ।  विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो । यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो ।

पोखराले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगरले १५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वा्धिक २३ रनको योगदान दिँदा ज्योति पाण्डेले २२, अश्मिना कर्माचार्यले अविजित १६ तथा डोली भट्टले १२ रन जोडिन् ।

बलिङतर्फ पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा पाँच विकेट गुमाएर ९४ रन जोडेको थियो ।

पोखराका लागि कविता कुँवरले अविजित २२ रन जोड्दा सीता राना मगरले १६, अञ्जली चन्दले १५, रेवती धाँमीले १२ तथा सरस्वती मगर १० रनमा अविजित रहिन् । पोखरालाई सस्तैमा समेट्नेक्रममा विराटनगरकी सबनम राईले दुई विकेट लिइन् भने सोनु खड्काले एक विकेट झारिन् ।

जितसँगै विराटनगरले दुई खेलमा चार अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो ।

यस्तै किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको नै भएको अर्को खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गर्दै चितवन राईनोजले दोस्रो जित निकालेको छ ।

चितवनले दिएको १३६ रनको मध्यम लक्ष्य पछ्याएको ललितपुर १७ ओभर १ बलमा अलआउट हुँदै ४६ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनाएको थियो ।

जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७