१३ औं गोदावरी फूलको प्रर्दशनी सुरु


१ कार्तिक २०७६, शुक्रबार
godawari flower

काठमाडौं, १ कार्तिक । १३ औं गोदावरी फूलको प्रर्दशनी’ शुक्रबारबाट ललितपुरमा सुरु भएको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर फ्लोरिकल्चर एशोसिएशन, नेपालले शुक्रबारदेखि कार्तिक ४ गतेसम्म ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सो प्रर्दशनी आयोजना गरेको हो ।

गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यका साथ सो मेला आयोजना गरिएको एशोसिएशनका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक शिवबहादुर खड्काले जानकारी दिए ।

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा ४९ वटा प्रर्दशनी कक्षहरु रहेका छन् । प्रर्दशनीमा यस सिजनमा फूले सयपत्री, मखमली तथा अन्य सिजनल फूल विरुवा समेत समावेश गरिएको छ । नेपालको ४३ जिल्लामा पुष्पखेतीको विस्तार भईसकेको पनि एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७