सिभिल बैंकको नयाँ शाखा काठमाडौंको काँडाघारीमा


१ कार्तिक २०७६, शुक्रबार
DSC 2833

काठमाडौं,१ कात्तिक । सिभिल बैंकले काठमाडौंको काँडाघारीमा नयाँ शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्ण हरि थापाले संयुक्तरुपमा गरेका छन्। सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरिएको थियो ।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेयर थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिवीधिलाई सिभिल बैंकको उक्त शाखाले थप उर्जा प्रदान गर्ने बताए।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले स्थानीय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिइने बताए। हालसम्म सिभिल बैंकको शाखाको संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७