जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सेञ्ज फाइनान्स फेयर’ मेला सुरु


१ कार्तिक २०७६, शुक्रबार
1571401714tvs

काठमाडौं, १ कात्तिक । जगदम्बा मोटर्सको एक फाइनान्स मेला ‘टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर’ सुरु भएको छ। उक्त मेलाको उद्घाटन नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले गरेका छन्।


मेला काठमाडौं, भृकुटीमण्डमा कार्तिक १ गतेदेखि ५ गतेसम्म संचालन हुने आयोजकले बतयो।

यो मेलामा ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप .१० हजार मूल्यकान जस्ता उत्कृष्ट अफरहरु रहने छन् ।
साथै शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका बताइएको छ। कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने आयोजकले बताएको छ।


यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास रहेको जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए।

ग्राहकले “टिभिएस दशैंको दौड” योजनाअन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्नसक्ने र किनेमा १०० प्र्रतिशत नै नगद फिर्ता पाउनसक्ने प्रबन्ध निर्देशक अग्रवालले बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७