२०७६ कार्तिक २ गते शनिबारको तपाईको राशिफल


२ कार्तिक २०७६, शनिबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घर परिवारमा रमाइलो वातावरण छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । पूजा पाठमा मन जाला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
राज्यबाट मान सम्मान पाइने छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अन्ततः फाइदा नै पुर्‍याउने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । आँटेको र ताकेको कार्य पूरा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइने छ । वित्तीय संस्थाबाट सहयोग पाईने छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ समाचार सुन्न पाइएला । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । मनोरञ्जनमा सहभागी भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । धार्मिक यात्राको योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विश्वास पात्रलाई वचन दिदा संयम अपनाउनु होला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्ने छ । अनावश्यक झमेलामा परिएला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७