नमाज पढिरहेका बेला मस्जिदमा ठूलो विस्फोट, ६२ जनाको ज्यान गयो


२ कार्तिक २०७६, शनिबार
afghanistan mosque

अफगानीस्तान, २ कात्तिक । शुक्रबार नमाज पढिरहेका बेला अफगानीस्तानको एक मस्जिदमा भएको बम विस्फोटमा परी कम्तीमा ६२ जनाको ज्यान गएको छ ।

अफगानी अधिकारीहरुका अनुसार पूर्वी नानगहर प्रान्तमा रहेको एउटा मस्जिदमा शुक्रबारको नमाज पढिरहेका बेला बम विस्फोट गराइएको हो । विस्फोटमा परि कैयौं घाइते भएका छन् । विस्फोटका कारण मस्जिदको छत समेत खसेको छ ।

यस क्षेत्रमा चरमपन्थी समूह इस्लामिक स्टेट र तालिबान दुवै सक्रिय छन् । तर दुवैले अहिलेसम्म विस्फोटको जिम्मेवारी लिएका छैनन् ।

नानगहर प्रान्तका गभर्नर अताउल्लाह खोग्यानीका अनुसार प्रान्तीय राजधानी जलालाबादबाट ५० किलोमिटर पर रहेको हस्का मिना जिल्लाको एउटा मस्जिदमा विस्फोट भएको हो ।

यो विस्फोट संयुक्त राष्ट्र संघले यस वर्षको गर्मीमा अफगानी आम नागरिकको बढी ज्यान गएको बयान जारी गर्ने बित्तिकै भएको हो ।

संयुक्त राष्ट्र संघका अनुसार गएको जुलाईदेखि सेप्टेम्बरसम्म कम्तीमा ११७४ नागरिक मारिएका छन् । यसमा २०१९ को जुलाई महिना यो दशककै सबैभन्दा रक्तपातपूर्ण महिना सावित भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७