‘ह्याप्पी डेज’ ट्रेलर रिलिज


१० पुष २०७४, सोमबार
happy days iYvzVwjFdn

काठमाण्डौं : मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक भएको छ । युट्युवमार्फत सोमबार सार्वजनिक गरिएको ट्रेलरमा एक्सन, लभ, कमेडी र ट्रयाजिडी देखाइएको छ ।happy days iYvzVwjFdn

त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता मुख्य भुमिकामा छन् । ‘लन्डन सिने आइ’ र ‘चाम्स इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा विपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्सको संयुक्त लगानी छ ।

फिल्ममा प्रेम, नियति र बाध्यताले वेलायतमा वैधानिक बसोबासका लागि गर्ने संघर्ष गरिरहेको एक नेपाली युवालाई कसरी लक्ष्यतिर उन्मुख गराउछ भन्ने नै फिल्मको केन्द्रीय विषय हो । माघ १२ गतेबाट प्रदर्शनमा आउने फिल्मको ९० प्रतिशत छायांकन लण्डनमा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७