फूल


२ कार्तिक २०७६, शनिबार
godawari flower

हरेक पटक फूलहरू चुँडाएर
तिमीले मन्दिरमा चढायौ
र प्रत्येक पल मनमनै मलाई माग्यौ ।

भगवानले पनि तिम्रो पुकारलाई सुनेर
मलाई तिम्रै घरको बगैचा
या स्वयम हातकै थालीहरुमा
पठाई दियो ।
र,
सदा झै तिमीले मालीहरुसँग
मलाई माग्यौ
र,
फेरि पनि
फूलहरू चुँडाएर
लालीगुराँस
वा
गुलाफ
झै लाग्ने
राता थालिहरुबाट
अन्धभक्त बनेर
मन्दिरमा चढायौ ।
र,
उसै गरी फेरि पनि तिमीले,
मलाई मगन्त झै मागिदियौ ।
सुजन बुढाथोकीको गद्य कविता (मझेरी डटकमबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७