अमेरिका छिर्न खोज्ने ३११ भारतीय मेक्सिकोबाट फिर्ता


२ कार्तिक २०७६, शनिबार
usa

मेक्सिको सिटी, २ कार्तिक । मेक्सिको हुँदै अमेरिका छिर्ने खोज्ने ३११ भारतीयलाई त्यहाँको राष्ट्रिय अध्यागमन संस्थानले नयाँदिल्ली फिर्ता पठाएको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संस्थानले ३१० पुरुष र एक महिलालाई नयाँ दिल्ली पठाएको जानकारी दिएको हो । भारतीयहरूलाई मेक्सिकोका विभिन्न राज्यहरूबाट पक्राउ गरिएको थियो ।

मेक्सिको सरकारले आप्रवासीहरूको मानवअधिकार सम्मान गर्ने ढाँचाभित्र सुरक्षित, व्यवस्थित र नियमित प्रवासन कायम गर्ने उद्देश्यले प्रगति भइरहेको जानकारी दिएको छ ।

मेक्सिकोले सबै प्रवासीहरूलाई नियमित रुपमा नै भित्र्याउने सन्देश पुर्‍याउन भारतीय नागरिकहरूलाई सुरक्षित भारत फिर्ता पठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७