निशुको’आयो तिहार’ (भिडियो)


२ कार्तिक २०७६, शनिबार
nisu dhakal

काठमाडौं,२ कात्तिक। गायिका निशु ढकालले तिहार लक्षित गरी नयाँ गितको भिडियो सार्वजनिक गरेकी छिन् ।

उनको तिहारको कोसेलीस्वरुप ‘आयो तिहार’ बोलको देउसी गीत सार्वजनिक गरेको हो । गीतमा ढकाल र सुनिल सुनारको स्वर रहेको छ ।
गीतमा नवीन के तिमल्सिनाको शब्द, संगीत तथा एरेञ्ज रहेको छ । भिडियोमा सदिक्षा, एन्जिला, कृपा, स्मृति, मनिषा र आर्यनकोे अभिनय तथा नृत्य छ । गीतमा हेम पी देवकोटा, कृष्ण शाही, अनिल सृजना र आर्यनले देउसी भट्याएका छन् । यस अघिको तिहारमा पनि गायिका ढकालको गीत सार्वजनिक भइसकेको छ । ढकालले यसअघि पनि धेरै गीतमा स्वर दिइसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७