उपत्यकामा दशैंमा सवारी दुर्घटनामा १० जनाको मृत्यु


२ कार्तिक २०७६, शनिबार
Bus accident दुर्घटना 1

काठमाडौं, २ कार्तिक । काठमाडौं उपत्यकाभित्र यस वर्षको दशैंमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन् । यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए । गत वर्षको दशैंको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैंको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारवाही गरेको छ । गत वर्षको दशैंमा पाँच हजार सवारी साधनलाई नियम उल्लङ्घन गरिएको भन्दै कारवाही गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७