चिनियाँ अभिनेत्री सी ‘भ्रमण वर्ष २०२०’ को सदभावना दूत नियुक्त

पर्यटनमन्त्री भट्टराईले अभिनेत्री सीलाई दिए ‘भाञ्जी’ को संज्ञा


२ कार्तिक २०७६, शनिबार
visit nepal 123 20191019091641

काठमाडौं, २ कार्तिक । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चिनियाँ अभिनेत्री सी छिङलाई नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियूक्त गरेका छन् । नेपाल

भ्रमण वर्ष २०२० सचिवालयले शनिबार औपचारिक कार्यक्रम गर्दै सद्भावना दूतको रुपमा उनलाई प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

‘नेपाल–चीनबीच सुमधुर सम्बन्ध छ, बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत हुन पाउँदा निक्कै खुशी छु, धन्यवाद्’, प्रमाणपत्र ग्रहण गरेपछि अभिनेत्री सी छिङले भनिन् ।

उक्त कार्यक्रममा नेपाली चेली भृकुटीले चिनियाँ नागरिक सम्राट श्रङचङसँग विवाह गरेको प्रसङ्ग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिए ।

‘नेपाल भ्रमण वर्षले आजदेखि नयाँ फड्को लिने अपेक्षा गरेको छु, अब गुणात्मक फड्को मार्छ भन्ने अपेक्षा गरेको छु’, मन्त्री भट्टराईले भने ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७