नितम्बकै कमाई १७ करोड


२ कार्तिक २०७६, शनिबार
nitambako

काठमाडौं, २ कार्तिक । व्यापार, व्यवसाय र जागिरको कमाइबारे त हामी सबैले सुने–जानेकै हो तर, नितम्बै कमाई त्यो पनि पत्याई नसक्नु !

पत्यार नलागे पनि कुरा सत्य हो । नितम्बकै कारण यति धेरै कमाइ गर्ने युवती रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छिन् ।

प्लाष्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन् । आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ ।
उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन् । ‘मैले प्लाष्टिक सर्जरी गरेर नितम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन । मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ । यौनाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु ।’

लाखौं प्रशंसकले उनका नितम्ब मन पराए पनि केहीले भने उनलाई देखि सहँदैनन् । कतिपयले उनलाई घृणा र निन्दाले भरपूर सन्देश पठाउने गरेका छन् । ‘तीमध्ये एउटा सन्देश सबैभन्दा डरलाग्दो थियो,’ एन्ड्रिया भन्छिन्, ‘एक जनाले मलाई ‘तिमी नर्कमा जाकिनेछौ’ भनेर कमेन्ट गरेका थिए ।’

ती आलोचकले उनलाई भनेका थिए, ‘एन्ड्रिया, तिमी नर्कमा पर्नेछौ । तिम्रा नितम्बसहित सारा शरीर जल्नेछ । त्यतिबेला तिम्रो शरीरबाट प्लाष्टिकको गन्ध आउनेछ ।’ तर, वर्षमा नितम्बबाट १७ करोड रुपैयाँ कमाउने एन्ड्रियालाई यस्ता सन्देशले केही फरक पर्नेवाला छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७