प्रहरी चौकीका इञ्चार्जले नै गरे एकल महिलामाथि बलात्कार


२ कार्तिक २०७६, शनिबार
Rape for nayapage

सुनसरी, २ कार्तिक । नागरिकको ज्यँ ज्यानको सुरक्षा दिने प्रहरीमाथि नै एकल महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । सुनसरीको धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।

‘पीडित’ महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ । शनिबार नै धरान–४ का वडा सदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।

श्रीमानको मृत्युपछि ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् ।
मादक पदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरी समक्ष बयान दिएकी छन् ।

ती महिलाको उजुरी दर्ता गरी प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७