देउवाले राजनैतिक नैतिकता देखाउनु पर्छ : नेता नेपाल


१० पुष २०७४, सोमबार
madhab nepal

काठमाण्डौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले जतिसक्दो छिट्टो राजीनामा दिएर राजनैतिक नैतिकता देखाउनु पर्ने बताएका छन् ।madhab nepal

नेता नेपालले कांग्रेसले राष्ट्रियसभा गठनको बखेडा निकालेर अत्तो थाप्ने काम गरिरहेको आरोप लगाए । संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै उनले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिएका छन् । दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने चर्चा गर्दै नेता नेपालले एउटै कम्युनिष्ट केन्द्रले मुलुकको विकास गर्ने भएकाले दुवै पार्टीका कार्यकर्तालाई बहकाउ र भ्रममा नपर्न आग्रह गरे ।

नेता नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपति समक्ष पेश गर्न निर्वाचन आयोगसँग आग्रह समेत गरेका छन् । संयुक्त वाम गठबन्धन काठमाण्डौं क्षेत्र नं २ ले आज थलीमा आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न नहुनेमा जोड दिंदै उनले संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७