मेस्सी, स्वारेज र ग्रिजमनको गोलमा बार्सिलोना शीर्ष स्थानमा


३ कार्तिक २०७६, आईतवार
barca 5QuEuKak5W

काठमाडौं, ३ कार्तिक । स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ । शनिबारको खेलमा एइबरलाई ३–० ले हराउँदै बार्सिलोना ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

८ खेलबाट १८ अंकसहित रियल मड्रिड तालिकाको दोस्रो स्थानमा छ भने आफ्नो नवौं खेलमा एइबरलाई पराजित गरेपछि १९ अंक बनाएर बार्सिलोना तालिकाको शीर्षस्थानमा पुगेको हो ।
एइबरको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनका लागि एन्टोइन ग्रिजमन, लियोनल मेस्सी र लुइस स्वारेजले एक एक गोल गरे ।

१३औंँ मिनेटमा नै ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको बार्सिलोनाका लागि मेस्सी र स्वारेजले दोस्रो हाफमा एक एक गोल गरे । ५८औंँ मिनेटमा ग्रिजमनको पासमा मेस्सीले गोल गर्दै बार्सालाई २–० को अग्रता दिलाए ।

सपछि ६६ औंँ मिनेटमा मेस्सीको पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितसँगै बार्सिलोना १९ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ ।

1 5
2 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७