रोनाल्डोले पुर्‍याए ७०१ गोल, विशेष जर्सी प्रदान


३ कार्तिक २०७६, आईतवार
ronaldo 1 1

मिलान, ३ कार्तिक । क्रिस्टियानो रोनाल्डो र मिरालेम जानिचको गोल मदतले इटालीको सिरी ए मा युभेन्ट्सले शनिबार बोलोग्नालाई २–१ ले हरायो र शीर्ष स्थानमा आफ् उपस्थिति दरिलो बनाएको छ ।

खेल अगाडि रोनाल्डोलाई गत साता पोर्चुगलका लागि गरेको गोलसँगै पूरा भएको सात सयौं गोलको सम्मानमा विशेष जर्सि प्रदान गरिएको थियो । यिनै ३४ वर्षीय रोनाल्डोले १९ औं मिनेटमा आफ्नो ७० १ औं गोल गरे ।

दोस्रो हाफको आठौ मिनेटमा जानिचले दोस्रो गोल थपे । त्यस अगाडि डानिलोले बोगोग्नाका लागि एक गोल फर्काएका थिए । यसअघि एटलान्टा र लाजियोले ३–३ को बराबरी खेलेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७