सरकारको तलव खाँदै सरकारकै विरोध


३ कार्तिक २०७६, आईतवार
ghimire

काठमाडौं, ३ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरण सूचना प्रविधिको पहुँच दूरदराजमा पुर्‍याउन लागिरहेको छ । तर, प्राधिकरणकै तलव सुविधा खाने केही निर्देशकहरु भने प्राधिकरणलाई असफल पार्न मिडियाबाजी गर्नेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी गर्न अहोरात्र लागिरहेका छन् ।

प्राधिकरणका निर्देशक अर्जुन घिमिरेको दिनचर्या नै प्रधानमन्त्री, मन्त्री र प्राधिकरणका अध्यक्षको बिरोध गर्ने हुँदै आएको छ । घिमिरे भन्न चाहिं आफूलाई खाँटी नेकपाको कार्यकर्ता भन्ने गर्दछन् । तर, केपी ओली सरकारले केही गर्न सकेन भनेर कार्यकक्षमा भाषण गर्ने गर्दछन् । गणतन्त्रबिरोधी ज्ञानेन्द्र शाही र रवि लामिछानेको समर्थन गर्दछन् ।

कुनै बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासँग पूर्व अध्यक्ष दिगम्बर झाका कुरा लगाएर नजिक भएका थिए । तर, पछि मन्त्रीले उनको बारेमा बुझेपछि उनलाई महत्व दिन छाडे । प्राधिकरणमा उनको गृह जिल्ला अर्घाखाँचीका सुशील घिमिरेलाई अध्यक्ष बनाउन लबिङ गरेका थिए ।

तर, नसकेपछि वा मन्त्रीले उनको कुरा नसुनेपछि उनी मन्त्रीकाबिरुद्ध लागेका हुन् । फोरजीको टेण्डरमा घोटाला गर्ने र टेलिकम सेक्टर बिगार्ने प्रधानमन्त्री र सञ्चारमन्त्री हुन्, जबसम्म यो सरकार रहन्छ, तबसम्म टेलिकमको विकास हुन सक्दैन भन्न समेत हिचकिचाउँदैनन् ।

प्राधिकरणले जे निर्णय गरे पनि त्यसकाबिरुद्ध अख्तियारमा बेनामी उजुरी हालेर दुःख दिने गरेका छन् । प्राधिकरणमा अध्यक्षलाई को–को भेट्न आउँछन्, त्यसको चियोचर्चो गर्ने, आफू बाहेक अरु सबैलाई भ्रष्टाचारी भन्ने उनको प्रवृत्तिबाट कर्मचारी नै आजित छन् । आफ्नै नाता पर्ने प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेललाई समेत उनले पूरा कार्यकाल काम गर्न नदिई छाड्न बाध्य बनाएका थिए ।

बोर्ड सदस्यलाई चुक्ली लगाएर जुधाई उनले कँडेललाई राजीनामा दिएर हिंड्न बाध्य बनाएका थिए । कसैले मोवाइलमा कुरा गरे रेकर्ड गर्ने, गोप्य क्यामराले खिच्ने काम पनि उनले गर्ने भएकाले कर्मचारीहरु उनीसँग नजिक पर्न समेत डराउने गरेका छन् ।

कार्यकक्षमा कर्मचारीसँग अरुले प्राधिकरणमा गाडी दुरुपयोग गरेको भन्दै बिरोध गर्ने उनी आफैले गाडी दुरुपयोग गर्दै आएका छन् । प्राधिकरणको डष्टर गाडी लगेर बिदाको दिन परिवार घुमाउने गरेको आरोप उनीमाथि छ । उनी प्राधिकरणमा जुनियर भए पनि विगतमा दिगम्बर झाले उनलाई १ नम्बरमा निर्देशक बढुवा गरिदिए । बरिष्ठतामा पहिलो नम्बरमा हुँदाहुँदै सन्तोष पौडेललाई बढुवाबाट रोकियो ।

झाले उनलाई बढुवा गरी आकर्षक मानिने उपभोक्ता हित र अनुमति पत्र विभाग दुवैको प्रमुखको जिम्मेवारी दिए । तर त्यतिले मात्र नपुगेर उनले पदपूर्ति विभाग पनि मागेर हैरान पारे । सामान किन्दा कमिसन खान खरिद प्रम्ुख र दिनमा पटक–पटक बैठक राखेर भत्ता आउने पदपूर्ति विभाग पनि मागे ।

झाले उनलाई सबै विभाग दिन नसक्ने भएपछि घिमिरे उनकै बिरुद्ध लागे । अरुलाई भ्रष्ट भन्ने घिमिरेले तत्कालीन लुम्बिनी नेटसँग अदालत मिलाउनु पर्छ भनेर घुस असुली गरेको बिषय अहिले पनि प्राधिकरणमा चर्चा हुने गर्दछ ।

अदालत मिलाउनु पर्छ भनेर घुस लिने उनी पैसामा अति तल्लोस्तरमा गिर्न सक्छन् भन्ने कुरा सामान्य परिवारबाट आएका उनले ३ करोडको घर खरिदका लागि खोजी गरेको कुराले पनि पुष्टी गरेको छ । जति गुन गर्दा पनि नभएपछि झाले त प्राधिकरणबाट बाहिरिने क्रममा उनको स्वभावलाई लिएर ‘यति कृतघ्न मानिस पनि हुँदारहेछन्’ भन्ने टिप्पणी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७