आलममाथि थपियो दुई मुद्दा, आलम भन्छन्, ‘घटना भएकै छैन’


३ कार्तिक २०७६, आईतवार
alam 1
फाइल फोटो

रौतहट, ३ कार्तिक । रौतहटको राजपुरमा बमकाण्ड घटाएको रोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहमद आफताव आलमलाई अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आलमका पक्षमा आठ जना कानून व्यवसायीले बहस समेत गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवाल विपक्षमा । यसअघि उनलाई सात७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

१२ वर्षअघि (२७ चैत २०६४) मा भएको बम विष्फोटको घटनालाई लिएर २६ असोजमा आलम पक्राउ परेका हुन् । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पु¥याइएको छ ।

आलममाथि थपियाे दुई मुद्दा
पक्राउ परेका सांसद आलममाथि थप दुई मुद्दा अघि बढ्ने भएको छ । सरकारी वकिल कटुवालका अनुसार आलमलाई बम बारुद बनाउने तथा विष्फोटनसम्बन्धी कसुर र घटनाका जीवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा दायर हुनेछ ।

घटनाका संलग्न भएको अभियोग लागेका चार जना फरार छन् भने बम विष्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा लैजान प्रयोग भएको भनिएको ट्याक्टरबारे पनि अनुसन्धान भइरहेको छ ।
आलाम भन्छन्, ‘घटना भएकै छैन’
आलमले भने आफूलाई झुठो मुद्दामा फसाइएको बताएका छन् । अदालत परिसरमा उनले भने, ‘घटना नै नभएका कारण महान्याधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फैसला गरिसकेको छ । पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको केसमा राज्यले षड्यन्त्र गरिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७