सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त


३ कार्तिक २०७६, आईतवार
राजेन्द्रलाल श्रेष्ठ

काठमाडौं, ३ कात्तिक । सिटिजन्स बैंकको कम्पनी सचिवमा राजेन्द्रलाल श्रेष्ठ नियुक्त हुने भएका छन्।

शुक्रबार बसेको संचालक समितिको ३१६औं बैठकले श्रेष्ठलाई कात्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।

करिव २० वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका श्रेष्ठ स्थापनाकालदेखि नै बैंकमा आवद्ध रहेको बैंकले बतायो।

शाखा संचालन ,ट्रेड प्रसाशन , जोखिम व्यवस्थापन तथा कर्जा असुली क्षेत्रमा पनि उनको दक्षता रहेको छ। हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८४ वटा शाखा, ७९ वटा ए.टि.एम। र १०२ वटा शाखारहित बैंकिङ एकाईहरुबाट करिब चारलाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७