भारतमा नेपाल टेलिकमको डाटा रोमिङ प्याकः यसरी लिनुहोस्


३ कार्तिक २०७६, आईतवार
nepal telicom

काठमाडौं, ३ कात्तिक । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ ल्याएको छ।

दैनिक, साप्ताहिक र मासिक रुपमा यस्ता प्याक लिन पाइने छ। १ सय २५ रुपैयाँमा १०० एमबीको दैनिक प्याक लिन सकिने छ, ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा पाइने साप्ताहिक प्याक तथा २८ दिनसम्म प्रयोग गर्न मिल्ने १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा पाइने मासिक प्याक लिन सकिने छ।

डाटा रोमिङ प्याक सुविधा लिका लागि सबैभन्दा पहिले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्नुपर्छ। प्रिपेड प्रयोगकर्ताले ८१४१५३ डायल गरी सेवा सुचारु गर्न सकिने छ। पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ । यस्तो प्याक नेपाल टेलिकमो एप्लिकेशनबाट पनि लिन सकिने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७