मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सहकार्य


३ कार्तिक २०७६, आईतवार
Nepal Remit 9FGHj2igoU

काठमाडौं, ३ कात्तिक । मुक्तिनाथ विकास बैंक र नेपाल रेमिट बीच सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंक लि।का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरे ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा बैंकको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७