भोजपुरमा एक महिलाको हत्या, एक गम्भीर घाइते


३ कार्तिक २०७६, आईतवार
bhojpur

भोजपुर,३ कार्तिक । षडानन्द नगरपालिकामा एक महिलाको हत्या एक गम्भीर घाइते भएको छ ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीय कल्पना राईको विभत्स हत्या गरेको छ । हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते भएको छ ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा उनीहरुमाथि धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ । हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको बताए ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७