‘द हन्ड्रेड’ क्रिकेटमा छानिए सन्दीप, पारिश्रमिक एक लाख पाउण्ड


४ कार्तिक २०७६, सोमबार
sandeep 1

काठमाडौं, ४ कार्तिक । इङ्ल्याण्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ नेपालका युवा क्रिकेटर सन्दीप लापमछाने टनोट भएका छन् ।

ड्राफ्टमा सन्दीपको १ लाख पाउण्ड आधार मूल्य राखिएकोमा सोही मूल्यमा बिक्री भएका हुन् । सन्दीपलाई ओभल इन्भिसिबल्सले टोलीमा भित्र्याएको हो । दोस्रो राउण्डको छनोटमा सन्दीपलाई ओभल इन्भिसिबल्स टोलीमा आबद्ध गरेको हो ।

सन्दीप लामिछाने आवद्ध ओभल इन्भिसिबल्समा सुनिर लारिन(वेस्ट इन्डिज), जनसन रोय(इङ्ल्याण्ड), फबियन एलियन (वेस्ट इन्डिज), साम करन(इङ्ल्याण्ड) लगायत क्रिकेटर छन् ।

आइतबार राति भएको ड्राफ्टमा सन्दीप लामिछाने छनोट हुँदा छोटो फर्म्याटको क्रिकेटमा खुंखार खेलाडी वेस्ट इन्डिजका क्रिस गेल, श्रीलंकाका लासिथ मालिंगा ब्रिक्री भएनन् । त्यसैगरी बंगलादेशका अलराउण्डर सकिब अल हसन र दक्षिण अफ्रिकाका अगिसो रबाडा समेत छनोट भएनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७