कति पुग्यो सुन–चाँदीको भाऊ ?


४ कार्तिक २०७६, सोमबार
gold 2

काठमाडौं, ४ कार्तिक । नेपालीको घर आँगनमा अर्को चाड तिहार भित्रिने तरखरमा छ । तिहारका बेला माइत–मावली जाँदा सुन चाँदीका गहना लगाउने रहर महिलाहरुमा जाग्नु स्वभाविक हो ।

तर, यो रहरमा सुनको भाऊ वाधक बन्दै आएको छ । तर, केहि दिनयता बजारमा सुनको भाऊ बढ्ने क्रम भने रोकिएको छ ।

आज (सोमबार) पनि बजारमा सुन–चाँदीको मूल्य स्थिर देखिएको छ । सोमबार छापावाल सुन तोलामा ७० हजार ४०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन ७० हजार १०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केहि दिनयता सुनको भाउ स्थिर अवस्थामा रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७