कस्मिर गोलाबारीमा पाल्पाका गामिलकुमार श्रेष्ठसहित दुई गोर्खा सैनिकको मृत्यु


४ कार्तिक २०७६, सोमबार
palpa

काठमाडौं, ४ कार्तिक । भारतस्थित जम्मु कस्मिरमा पछिल्लो समय देखिएको भारत–पाक आक्रमण र तनावको अवस्थाले नेपालको पनि ध्यान खिचेको छ ।

आइतबार कास्मिरमा भएको आक्रमणमा श्रेष्ठ थरका सैनिकको ज्यान गएको खबर भारतीय सञ्चारमाध्यमहरुमा खबर सार्वजनिक भएपछि कस्मिर घटनाप्रति नेपालीहरुको चासो बढेको छ । भारतीय सञ्चारमाध्यमहरुले कास्मिर आक्रमणमा एक नेपाली र अर्का नेपाली मूलका भारतीय सेनाको मृत्यु भएको उल्लेख गरेका छन् ।

आइतबार कुपवारा जिल्लामा भएको गोलाबारीमा गोर्खा रेजिमेन्टका जवान पद्मबहादुर श्रेष्ठ र राईफल म्यान गामिलकुमार श्रेष्ठको मृत्यु भएको हो । नेपालका राइफल म्यान गामिलकुमार श्रेष्ठ पाल्पा निवासी रहेको भारतीय सञ्चार माध्यय न्यूज लाइभ टिभीले उल्लेख गरेको छ ।

त्यस्तै नेपाली मुलकै जवान पद्मबहादुर भारतको आसाम गोलाघाट जिल्लास्थित हतिखुली निवासी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन ्। त्यस आक्रमणमा परी दुई सेना र एक सर्वसाधरणको ज्यान गएको थियो ।

पाकिस्तानले युद्धविरामको उल्लंघन गर्दै युद्ध शुरु गरेकाले घटना घटेको भारतले आरोप लगाएको छ । भारतले जवाफी आक्रमण गर्दा ६ देखि १० पाकिस्तानी सेनाको मृत्यु भएको भारतीय सेना प्रमुख विपिन रावतले दावी गरेका छन् । आक्रमणमा तीन सेनासहित आठ जना घाइते भएको भारतीय प्रहरीको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७