तिहारको मुखमा घट्यो सुनको भाउ


५ कार्तिक २०७६, मंगलवार
gold 2

काठमाडौं, ५ कार्तिक । नेपाली चाड तिहार घर–आँगनमा भित्रिंदैछ । तिहारमा सुनका गहना लगाउन धेरै महिलाले रहर गर्ने गर्छन् ।

सुन महँगो भएर गहना जोड्न नसकिरहेका बेला तिहारको छेकमा सुनको भाउ केहि सस्तो भएको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य रु २०० ले घटेर ७० हजार २०० मा कारोबार भएको छ । सोमबार सुनको मूल्य तोलामा ७० हजार ४०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको मूल्य ६९ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा रु ८५० मा कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७