सरकारी कर्मचारीलाई लागिसक्यो तिहार, कार्यालयमै तास खेल्दै गरेका सात जना पक्राउ


५ कार्तिक २०७६, मंगलवार
pakrau 1

काठमाडौं, ५ कार्तिक । नेपाली चाड तिहार नजिकिंदैछ । तिहारलाई रमाइलो बनाउन देउसी–भलो खेल्नेलगायतका विभिन्न योजना बन्दैछन् ।

कतिपयले तिहारको समयमा तास खेलेर समेत रमाइलो गर्छन् । तास खेल्नु आफैमा राम्रो काम होइन, तर चाडबाडको समयमा समय कटाउन र आफन्तसँग रमाइलो गर्न तास खेल्न चलन पनि छ । तर, केहि सरकारी कर्मचारीलाई भने अहिले नै तिहारको रमाइलोले छोईसकेको पाइएको छ ।

प्रहरीले काठमाडौंको बबरमहलस्थित नेपाल टेलिकमका कर्मचारीलाई कार्यालय समय कार्यालयमै तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

आज (मंगलबार) दिउँसो २ बजेतिर प्रहरीले छापा हानी टेलिकमका सात कर्मचारीलाई कार्यालय समयमा कार्यालयभित्रै तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा टेलिकमका उच्च अधिकारी समेत रहेको प्रहरीले जानकारी दिएको छ ।

१५–२० जनाको समूहले तास खेलेको जानकारी आए पनि आफूहरु पुग्दा केहि भागिसकेको र सात जना मात्र पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका कर्मचारीलाई कानुनअनुसारको कारबाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७