दुई अध्यक्षबीच कुनै खटपट छैन : देवेन्द्र पौडेल


५ कार्तिक २०७६, मंगलवार
devendra poude

काठमाडौं, ५ कार्तिक ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई अध्यक्षबीच कुनै खटपट नभएको स्पष्ट पारेका छन् ।

आफ्ना आफ्ना भिन्न सोच र शैलीका कारण केहि असमझदारी भएको जस्तो देखिए पनि बाहिर मिडियामा आएको जस्तो विवाद दुइ अध्यक्ष विचमा नभएको पौडेलले दावी गरे । मंगलवार संवाद चौतारीले काठमाडौंमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले ओली र प्रचण्डको विचमा अहिले विवाद भयो भने देशकै लागी दुर्भाग्य हुने बताए ।

दुई नेताका विचमा भएको सहमती कार्यान्वयन भएर नै अगाडि बढ्नु पर्ने पक्षमा सिगो पार्टी रहेकाले केहि असमझदारी भए पनि बार्ता र छलफल बाट नै समाधान गरिनु पर्ने उनले बताए । देशको आर्थिक तथा सामाजिक विकासका लागि नेकपाको नेतृत्व मिल्नुको विकल्प नभएको उहाको भनाई थियो । नेता पौडेलले पछिल्लो समय देखा परेका विभिन्न राजनीतिक समस्याको समाधानका लागि सरकार गम्भीर हुनपर्ने बताए ।

पूर्वसभामुख कृष्ण बहादुर महराको विषयमा दुवै अध्यक्षले पार्टी र सरकारलाई बाधा नपुग्नेगरी अनुसन्धान सहज बनाउन सहयोग गरेको उनले बताए ।

तत्कालिन सभामुखले नैतिकताका आधारमा राजिनामा दिएर अहिले अनुसन्धानको क्रममा रहेकाले अहिलेनै नयाँ सभामुखको खोजी गर्न नहुने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७