अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस ११ गते।


प्रकाशित मिति : December 26, 2017

वि.सं. २०७४ साल पुस ११ गते। मंगलबार। इश्वी सन् २०१७ डिसेम्बर २६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– अष्टमी, २१:०६ बजेउप्रान्त नवमी। नक्षत्र– उत्तरभाद्रपदा, २१:११ बजेउप्रान्त रेवती। योग– वरियान्, २५:४२ बजेउप्रान्त परिघ। करण– भद्रा, ९:१८ बजेदेखि वव, २१:०६ बजेउप्रान्त वालव। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २५ घडी ५० पला। पञ्चक। भौमाष्टमी व्रत। गाेरखकाली पूजा। 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा चञ्चलता बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अचल सम्पत्तिको कारोवार हुनेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापारमा रुची बढ्नेछ । नयाँ कार्यको योजना बन्नेछ । महिला मित्र बाट विशेष सहयोग मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । कार्यमा सफलता पाइएला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा शान्ति छाउला । मित्र बाट विशेष सहयोग मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्ने छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । पारिवारीक समस्या रहला ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पर्टनरसिप बाट राम्रो फाइदा मिल्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मानसिक चिन्त बढेपनि कार्यक्षेत्रमा प्रगती हुनेछ । धार्मिक यात्राको योगछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सवारी साधनको खरिद बिक्री हुनेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । बैदेशिक कार्य अघी बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सोचे भन्दा धेरै खर्च हुनेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । सामान हराउने योग छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापारमा रुची बढ्नेछ । धर्म,कर्ममा रुचि बढ्नेछ । नयाँ कार्यको थालनी हुनेछ । लाभदायक यात्रा रहला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कामगर्ने जोश,जाँगर र हिम्मत बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला ।

प्रतिक्रिया दिनुहोस्