बेलबारीमा आगालागी, करिब १० लाख बराबर क्षति


११ पुष २०७४, मंगलवार
agalagi fire sunita home belbari 3

बेलबारी (मोरङ) : बेलबारी नगरपालिकाको वाड नं. ४ मा सुनिता राईको घरमा आगालागी भएको छ । आगालागीको कारण रार्इको घर पुर्ण रुपमा जलेको छ ।agalagi fire sunita home belbari 3
आगोलागीबाट मानविय क्षती नभए पनि १० लाख बराबरको आर्थिक क्षति भएको पिडित राई बताइन् । के कारणले आगोलागी भएको भन्ने खुल्न सकेको छैन् । गाउँलेहरुले विद्युतको कारण आगोलागी भएको आशंका गरेका छन् ।
५ सदस्य राईको परिवारमा, सुनिता दुई जना नानीहरु सँग बेलबारी वाड नं. ४ मा बस्दै आएकी थिईन । उनको श्रीमान मनोज राई नेपाल आर्मीमा कार्यरत छन । एक छोरा भने पहाडमा नै बस्दै गरेको सुनिताले बताईन ।
आखाँबाट आशु खसाल्दै सुनिताले भनिन, ‘लाएको लुगा बाहेक केही जोगिएन, आगोले सबै खरानि बनायो । सुन, पैसा, नयाँ फर्निचर, धान, चामल, लुगा कपडा, घर बनाउन राखेको काठ, घर सबै जल्यो ।’
करिब दिउसो १ बजे लागेको आगो स्थानिय छिमेकी साथै बेलबारी ईलाका प्रहरी कार्यलयको सहयोगमा ४ घण्टा पछि मात्र आगो निभाउन सम्भव भएको राम बहादुर कार्की लगायत स्थानिय प्रत्यक्षदर्शीहरुले बताए । घरको बिच भागको छानो खसेकाले विद्युत प्रभाहमा समस्य आउदा आगो लागेको हुन सक्ने गाउलेहरुले बताउँछन ।
तत्कालिन राहतको लागि नगरपालिकाका उपमेयर ढाका पराजुली र बेलबारी ४ का वाड अध्यक्ष राम किराती घटना स्थल पुगेर खानको लागि चामल, दाल आवश्यक नुन तेल, एक सोरो लाउने लुगा, एक सेट ओड्ने ओछाउने राहात सामाग्री प्रदान गरेका छन् ।agalagi fire sunita home belbari 4

agalagi fire sunita home belbari 5

agalagi fire sunita home belbari 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७