श्रीलंका भारतलाई पराजित गर्दै च्याम्पियन


६ कार्तिक २०७६, बुधबार
netball india vs shrilanka by sunita dangol

काठमाडौं, ६ कार्तिक । पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । 

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।

पहिलो क्वाटरमा ८–८ को बराबरी खेलेको श्रीलंकाले दोस्रो क्वाटरमा भने १६–४ को अग्रता बनाएको थियो । यस्तो तेस्रो क्वाटरमा ११–८ ले अग्रता बनाएको श्रीलंका अन्तिम क्वाटरमा ८–७ ले पछि परेपनि उपाधिमा कब्जा जमाउन सफल भयो ।

च्याम्पियनसिपमा आयोजक नेपाल भने चौंथो भएको छ । मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग ३५–२५ ले पराजित भएपछि नेपाल चौंथो भएको हो । 

माल्दिभ्सकी अइसाथ नुमी नासिर एक्लैले ३० अंक बटुलिन्। च्याम्पियनसिपमा श्रीलंकाकी नेथमी विजनायके सर्वोकृष्ट खेलाडी बनेकी छन्। श्रीलंकालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी नेथमी प्लेअर अफ दी च्याम्पियनसिप चुनिएकी हुन्। श्रीलंकाकै हिरोनी हिसानी सर्वाधिक स्कोरकर्ता बनिन्। उनले च्याम्पियनसिपमा एक सय ५८ अंक जोडेकी थिइन्। यस्तै माल्दिभ्सकी मिस्का हसन बेस्ट डिफेन्डर घोषित भइन्।

विजेतालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आयोजक संघका अध्यक्ष मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गरेका थिए।

नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७