एमबाप्पेको ह्याट्रिकमा पीएसजीको फराकिलो जित


६ कार्तिक २०७६, बुधबार
PSG Win 1

काठमाडौं, ६ कार्तिक (एजेन्सी) । स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रगमाथि उसकै मैदानमा ५–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे ।

बेल्जियम ब्रगमा पीएसजीले खेलको सातौ मिनेटमा एन्जल डी मारियाको पासमा मोउरो इकार्डीको गोलमा पहिलो हाफमा १–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीले दोस्रो गोलको लागि ६१औं मिनेट कुर्नुपरेको थियो ।  ६३औं मिनेटमा इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७९औं मिनेटमा एमबाप्पेले डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो तथ ८३औं मिनेटमा डि मारियाकै पासमा अर्को गोल थप्दै एमबाप्पेले ह्याट्रिक पूरा पूरा गरे ।

समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले तीन खेलबाट नौ अंक बनाएको छ । दुई अंक बनाएको क्लब बर्ग तेस्रो स्थानमा छ । यही समूहको अर्को खेलमा रियल म्याड्रिडले गालाटासारेलाई १–० गोलले हराएको छ । गालाटासारेको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियलका लागि टोनी क्रुजले १८औं मिनेटमा गोल गरे । क्रुजले इडेन हाजार्डको पासमा गोल गरेका थिए ।

जितसँगै चार खेल बनाएको रियलल दोस्रो स्थानमा छ । एक अंकमा सिमित गालाटासारे समूहको अन्तिममा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७