व्याकुल माइला गोल्ड कपले हिलेपानी–सोक्मटारमा ल्याएको तरङ्ग


६ कार्तिक २०७६, बुधबार
Brihas Rai

-विरास राई

मानव चेतना विज्ञान प्रविधि सञ्चार र समयसँगै बिस्तारै बढ्दै जान्छ । युग परिवर्तन भएसँगै विचार, दृष्टिकोण र मानव मनोविज्ञान बिस्तारै रूपान्तरण हुँदै जान्छ । समाज जहिले गतिशील हुन्छ, अगाडि बढ्छ । स्वास्फुर्त आफ्नै गतिमा हिँडेको समाजमा नै अन्तर्विरोध र विरोधाभास हुँदै विभिन्न मोडहरू आउने गर्छन् । यसर्थ मैले जोड्न खोजेको विषय व्याकुल माइला गोल्ड कप ।   व्याकुल माइला गोल्ड कप देश सङ्घीयता संरचना जानू अघि २०६८ देखि नै ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने मूल नाराका साथ आयोजनाको प्रारम्भ गरिएको थियो ।

ओखलढुङ्गा जिल्लालाई कवि सिद्दिचरन श्रेष्ठ र राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले चिनाए पनि राज्यको ध्यान नगएको, विकास निर्माणका काममा ओझेल परेको छ । अझै हिलेपानी–सोक्मटारका जन समुदायको आर्थिक र सामाजिक स्तर भने कमजोर छ । त्यसको खातिर नै सबैको ध्यानाकर्षण केन्द्रबिन्दु होस, विकास निर्माणका कामहरू होस भन्ने एउटा प्लेट फर्म नै गोल्ड कप हो । यस पटकको व्याकुल माइला गोल्ड कप आठौँ संस्करण हो । आठौँ संस्करणसम्म आइपुग्दा त्यस क्षेत्रमा केही रूपमा प्रभाव र सकारात्मकता देखा परेको र केही तहमा बहसको सुरुवात भएको छ ।

स्थानीय युवाहरू आर्थिक गतिविधिमा सहभागिता
पहिलाको तुलनामा स्थानीय पसलहरूको मात्रामा बढ्दो देखिन्छ । ब्रोइलर कुखुरा पालन गरेर, बाख्राबाट खसी उत्पादन गरेर, माछा पालन गरेर, ढुधकौशिमा माछा पार्ने बिक्री वितरक गरेर, सडक विभागहरूमा मर्मत सम्भारका काम गरेर, स्थानीय सहकारी संस्थाहरूमा रोजगारी रहेर आर्थिक क्रियाकलापमा समावेश भएको छन् । तर युवाहरूको मात्रामा बढ्दो छन् ।

सोक्मटारमै तीन टिम भर्खरका भर्भराउदो युवाहरू फुटबल खेलिरहेका छन् । तसर्थ युवा ब्यवस्थापनमा केही मात्रामा चुनौती देखिन्छ । स्थानीय सरकार र सहकारी सङ्घसंस्था र समुदायको अगुवाहरूको बलियो समन्वयमा सस्तो ब्याजदरमा आधुनिक कृषि प्याकेज, पशुपालन प्याकेज र पर्यटन प्याकेज स्वरोजगार प्याकेजको माध्यमबाट निकास खोज्नु पर्ने देखिन्छ ।

स्थानीय व्यापारीहरूले एकापसमा सहकार्य गरेर धार्मिक र सांस्कृतिक महत्त्वका महोत्सवहरू जस्तै साकेला, उधौली, उभौली, अन्य विभिन्न आयोजनाहरू गरेर लोकल वस्तुहरू खपत गरेर व्यापार प्रमोसन गर्नुपर्छ ।

वातावरणीय पक्ष
वर्तमान फागुन, चैत, वैशाख र जेठमा चर्को खडेरीको मात्र र सुख्खापन देखिएको थियो । कृषकलाई भारी खडेरीको मारमा परेको देखिन्छ । स्थानीय पानीको मुहानहरू सुकेको खानेपानीको समेत हाहाकार मच्चिएको थियो । स्थानीय रूपमा खयर रुख बोट बिरुवा प्रशस्त मात्रामा थिए ।

गएको ८ र ९ वर्षमा भारी खयर निकासीले वातावरण र पर्यावर्णिय  सन्तुलन बिग्रेको छ । पहिलाको तुलनामा कृषक र खेतीपाती गर्नेको मात्रामा घटेको र वनजंगल चहार्नेको मात्रामा घटेको देखिन्छ । उसो भए त वनजंगलको मात्रामा बढ्नुपर्ने थियो तर ठिक उल्टो नै परिणाम देखा र्पयो। भारी खयर कटान र निकासीको दीर्घकालीन असर देखा परेको थियो।धन्न भारी वर्षका साथै केही पहिरो केही मलिलो माटो बग्नुका साथै प्रकृतिका कृपाले गर्दा पानीका मुहानहरू फुट्नुका साथै डाँडाकाँडा बनजंगल हरियाली भएछन् ।

तसर्थ समुदायका गतिविधिका साथै विगतका क्रियाकलापबाट पाठ सिक्दै वातावरण संरक्षणमा पनि जोड दिनपर्ने देखिन्छ । स्थानीय सरकार ,स्थानीय सङ्घ , संस्था र सरोकारवाला निकायहरूले एउटा प्याकेज नै बनाएर ‘बनजंगल जोगाऊ, रुख बिरुवा रोपौँ’ अभियान संन्चालन गर्नुपर्छ ।

कला, सङ्गीत खेलकुद र महिला सशक्तीकरण
स्थानीय चाडपर्व, राष्ट्रिय चाडपर्व अवसरमा र विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमको माध्यमबाट कला र सङ्गीतमा केही प्रतिभाहरू प्रस्फुटन भएका छन् । भराभर साना साना भाइबहिनी सांस्कृतिक कार्यक्रममा भाग लिएर आफ्नो प्रतिभा देखाएको देखिन्छ ।

आज भन्दा ६ र ७ वर्ष अघि मात्र हामीलाई गाउन, नाच्न र साङ्गितक बाडनहरुमा भाग लिन परिवार र समुदायको कारण लज्जाको विषय हुन्थ्यो । त्यो एक प्रकारको हामीलाई निषेधको विषय नै थियो । केही उमेर पुगेका युवा र युवतीहरूले मात्र भाग लिन्थे । प्रशस्त अहिले स्थानीय कलाकारहरू र निकट भविष्यमा राष्ट्रिय कलाकारकै रूपमा स्थापित हुने देखिन्छ । यो एक चरणको समाज रूपान्तरण नै हो ।

अझै व्याकुल माइला गोल्ड कप अन्तर्गतको रुमा स्मृति कपको माध्यमबाट महिलाहरू पुरुषसँगै स्थानीय खेलकुदमा प्रतिस्पर्धा गर्ने भएका छन् । खेलकुदमा महिला सहभागिताले महिला अधिकारको अपनत्वका साथै पितृ सत्तासँग एक चरनको क्रान्ति नै गरेको छ ।

समुदायमा आर्थिक सङ्क्रमण

आजभन्दा ७ र ८ बर्ष अगाडि हिलेपानी-सोक्मटारमा अधिकांश घरहरू खरका थिए। खर विस्थापन गरेर अहिले निलो जस्ताको घरहरू गाउँभरी देखिन्छ । सवारी साधन बाइक ,स्कुती नचढ्ने त कमै होला । अर्थोपार्जनको हिसाबले राम्रो वैदेशिक रोजगार दक्षिण कोरिया, दुबई, अन्य खाडी मुलुक तिर पनि प्रशस्तै गाउँका युवाहरू पुगेका छन् । भर्तीमा व्रितीस आर्मी, सिंङ्गापुर पुलिस, इन्डिया आर्मी र नेपाल आर्मी, पुलिसमा पनि धेरै थोरै गएका नै छन् ।

देश सङ्घीय संरचना भइसकेपछि शिक्षा सेवामा नाम निकाल्ने शिक्षकहरू पनि छन्। लोकसेवाबाट नाम निकाल्ने वि.नि., शाखा अधिकृतहरू पनि देखिन थालेका छन् । स्थानीय व्यापार–ब्याबसाय गर्नेको मात्रामा पनि बढेको छ । ५ र ६ वर्ष अगाडिको माना, पैँचोको चलन हराएका छन् ।

गाउँघरमा काटिने मासुहरू पहिला तीन महिनामा भुक्तानी गर्नुपथ्र्यो,अहिले महिनावारी भएका छ । पसलबाट उपभोग्य सामनहरु हप्तावारि चलन पनि मुस्किल छ, खनखनी नगद कारोबार चल्छ । यी सबै स्थितले हिले पानी–सोक्मटारमा अर्ध पुँजीको सङ्क्रमण देखिन्छ । यही अवस्थामामा स्थानीय सरकार , समुदाय र सहकारी सङ्घसंस्थाको माध्यमबाट आर्थिक क्रान्ति गर्नुपर्छ ।

व्याकुल माइला गोल्ड कपको बहस
व्याकुल माइला गोल्ड कपको आठौँ संस्करण सम्पन्न हुँदै गर्दा केही बहसहरूको उठान भएको छ।खोटाङमा पूर्वको पशुपति भनेर चिनिने हलेसी छ । हिले पानी–सोक्मटार हुँदै हलेसी दर्शन गर्ने मान्छेको अधिक आवतजावतको मात्रामा बढेको छ।

यसलार्इ टार्गेट बनाएर पर्यटनको प्रचुर सम्भावना रहेको ठाउँलाई किन पर्यटन क्षेत्रहरूमा लगानी नगर्ने ? पहाडमा विशेष गरी फलफुल उत्पादन हुने क्षेत्र हो । सामाजिक अभियानका माध्यमबाट जोदिदै फलफुल उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ। यस क्षेत्र कृषि उत्पादन हुने क्षेत्र हो कि , ढुधकौशी किनारमा पर्यटन ब्याबसाय गर्ने ठाउँ हो कि , व्यापार ब्यावसाय हुने ठाउँ हो कि आदि इत्यादिको क्षेत्र पहिचान गरेर स्थानीय सरकार , वित्तीय संस्था र स्थानीय जनताको सहभागिता शेर सिस्टमबाट लगानी प्रवद्र्धन गर्दै आर्थिक क्रियाकलापमा जोडिनुपर्छ ।

व्याकुल माइला खेलकुद
ओखलढुङ्गा जिल्लामा केन्द्रबाट बर्सेनि खेल क्षेत्रहरूमा बजे आउँछ । खेल क्षेत्रहरूमा पूर्ण बेवास्ता रहेको देख्न सकिन्छ । व्याकुल माइला गोल्ड कपले धन्न धन्न साख जोगाएको छ । व्याकुल माइला गोल्ड कपको प्रारम्भसँगै आठौँ संस्करणसम्म आइपुग्दा स्थानीय युवाहरूको खेलमा व्यापक सुधार आएको छ । केही दर्जन खेलाडीहरू आर्थिक र सामाजिक परिबन्धले गर्दा अवसर नपाएको गुनासो छ भने अर्कातिर भएका खेलाडीहरू स्तर विकास गर्दै व्यावसायिक खेलाडी ब्यवस्थापनमा जोड दिनुपर्छ । 

महिला खेलाडीहरू भर्खर भर्खरै सुरुवाती जस्तो भएकाले स्थानीय आयोजनामा महिला खेल आयोजना नहुने हुँदा थोरै खट्किएको छ। तसर्थ स्थानीय खेलकुद आयोजना गर्दा महिलालाई प्राथमिकता दिँदै हरेक खेलमा समावेश गर्नै पर्छ ।

चेतना स्तर  
शिक्षाको पहुँच, संन्चार , दर्शन , विचार आदानप्रदान , व्याकुल माइला गोल्ड कपको बिचार मन्थन त्यस अन्तर्गतको विभिन्न तालिम कार्यक्रम र राजनीतिक प्रभावले गर्दा स्थानीय जनसमुदायसंग बहस गर्दा चेतनाको स्तर एक लेभल नै वृद्धि भएको छ। समाज जति गतिशील हुन्छ त्यति त्यति चेतना र ज्ञानको स्तर बिस्तारै वृद्धि हुँदै जान्छ ।

देशै भरी हेर्ने हो भने जन्त भर्खर भर्खरै रैती देखि जन्ता भएको देखिन्छ। तथापि जनसमुदायसंगको अन्तक्र्रियामा जनतामा हुनुपर्ने हुबहु गुण देखा परेको देखिन्छ । युग परिवर्तन भएसँगै नयाँ नयाँ पुस्ताको विचारको प्रारम्भ हुन्छ । नयाँ पुस्ता र पुराना पुस्ताबिचको घर्षन हुन्छ, परिणाम चाहिँ जहिले पनि नंया पुस्ताकै जित हुन्छ । यो प्रकृतिको नियम नै हो।त्यसैले केही वर्षमा जन्तादेखी नागरिक हुने सङ्केत भने देखिन्छ । यो पक्ष अत्यन्तै सकारात्मक छ । 

अब के गर्ने ?
वर्तमान स्थितिको बहस गर्दै हरेकले आआफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दै नागरिक बन्ने कोसिस गरौँ । प्रचुर सम्भावना रहेका कृषि ,पर्यटन अन्य ब्याबसायका क्षेत्रहरूको क्षेत्र गत पहिचान गर्दै स्थानीय सरकार र निजी , समुदाय र सहकार्यहरूबिच समन्वय गर्दै लगानी प्रवद्र्धन गर्दै, स्थानीय जनताको बलियो एकता र सहकार्य कायम गर्दै , स्थानीय जनताकै सहभागितामा शेर निष्कासन मार्फत आर्थिक क्रियाकलापमा जोडिएर युवा ब्यावस्थापनमा जोड दिई स्वरोजगार र स्वाव्यवसायमा प्राथमिकता दिऊँ । स्थानीय सरकारलाई बलियो बनाऊ । यसका लागि स्थानीय सरोकारवाला पक्ष, नेतृत्व वर्गले बलियो आँट गर्नै पर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७