काठमाडौंमा विद्यालयको छानो खसेर किच्दा ३९ विद्यार्थी घाइते


६ कार्तिक २०७६, बुधबार
tarkeshwor

काठमाडौं, ६ कार्तिक । काठमाडौंको तारकेश्वर नगरपालिकामा विद्यालयको छानो खसेर किच्दा ३९ विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–३ जितपुरस्थित विद्याकुञ्ज इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको छानो भत्केर खस्दा कक्षा कोठामा रहेका ३९ विद्यार्थी किचिएर घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

घाइते सबैको उद्धार गरेर मेडिसिटी अस्पताल लगिएको र घाइते सबैको अवस्था सामान्य रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । विद्यालय छानो ट्रसको भएकाले कमजोर भएर खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७