सामसुङको ग्यालेक्सी एथर्टीएस बजारमा, यस्ता छन् विशेषता


६ कार्तिक २०७६, बुधबार

काठमाडौं, ६ कात्तिक । सामसुङले नयाँ डिजाइनकोसाथ ग्यालेक्सी एथर्टीएस ल्याएको छ। यो ग्योलेक्सी एथर्टीएसमा नयाँ विशेषताहरु उपलब्ध गराइएको छ।

सामसुङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले ग्यालेक्सी एथर्टीएसले युवाहरुका लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको बताए।

ग्यालेक्सी एथर्टीएसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्य क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थ क्यामरा रहेका छन् ।

यसमा ४ हजार एमएएचको ब्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ। यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ। जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि नयाँ अनुभव प्रदान गर्ने बताइएको छ।

साथै एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटि रहेको छ । एथर्टीएसमा स्क्रिन फिङ्गरप्रिन्ट स्क्यानर राखिएको भने ४ जिवि र १२८ जिबि मेमोरी पनि उपलब्ध छ।

मूल्य तथा उपलब्धता

ग्यालेक्सी एथर्टीएस ४ जिबि र १२८ जिबियुक्त सेटको खरिद मूल्य ३१ हजार ८ सय ९० रहेको छ ।

यो फोन तिन आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा उपलब्ध रहेको छ । यो फोन गत आइतबारदेखि नेपालभरी रहेका सामसुङका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको बताइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७