‘हामी यस्तै त हो नि ब्रो…’ का गायक ‘भिटेन’ पक्राउ


७ कार्तिक २०७६, बिहीबार
yastai

काठमाडौं, ७ कार्तिक । युवामाझ निकै लोकप्रिय गायक भिटेन (समिर) घिसिङ पक्राउ परेका छन् ।

पछिल्लो समय ‘हामी यस्तै त हो नी ब्रो गीत’ बजारमा ल्याएर चर्चामा आएका गायक भिटेनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

गीतमा उनले प्रहरीलाई डण्ठेदेखि लिएर अश्लील गाली गरेको पाइयो,’ महाशाखाका एसएसपी सहकुल थापाले भने । गीतमा उनले पुलिस चौकीभित्रै गर्छु दारु खाँदै मस्ती भन्ने वाक्य समेत प्रयोग गरेका छन् । प्रहरीले केही दिनअघि मात्र बीच बीचमा बोलको गीत गाएर चर्चामा आएका दुर्गेश थापालाई नियन्त्रणमा लिएको थियो ।

उनलाई ‘ह्याप्पी ह्यापी तिहार, चिसो वियर’ बोलको गीतमा प्रयोग भएका शब्दहरुलाई लिएर प्रहरीले पक्राउ गरेको थियो । युट्युवमा चर्चा पाइरहेका बेला प्रहरीले यहि गीतका कारण दुर्गेशलाई पक्राउ गरेको थियो । अन्ततः युट्युवबाट यो गीत हटाएपछि प्रहरीले उनलाई छाडेको थियो ।

गायक दुर्गे थापा पक्राउ परेपछि सामाजिक सञ्जालहरुमा भिटेनका गीतहरुमा प्रयोग भएका शब्दहरुलाई लिएर चर्चा चलेको थियो भने कतिपयले दुर्गेश पक्राउ परेपछि अब भिटेन चाँहि पक्राउ पर्छन् कि पदैनन् भन्दै जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७