दाहालको अर्थपूर्ण अलमल


११ पुष २०७४, मंगलवार
Puspakamal Dahal Prachand M

काठमाडौं: राष्ट्रियसभा गठन विवाद मिलाउने प्रयासस्वरुप गत शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलका शीर्ष नेताको बैठक बस्यो।Puspakamal Dahal Prachand M

बैठकपछि एमाले नेताहरु स्थायी समिति बैठकका लागि वामदेव गौतमको निवास भैसेपाटीतिर लागे। तर, वाम गठबन्धनका नेता प्रचण्ड भने चितवनतिर लागे।
कान्तिपुर दैनिक लेख्छ–प्रधानमन्त्री निवासको छलफल निष्कर्षमा पुगेको थिएन, प्रचण्डलाई राम्ररी थाहा थियो। त्यसैले एमाले बैठकपछि साँझ अध्यादेशदेखि एमाले माओवादी पार्टी एकतासम्मको विषयमा छलफल गर्ने तय थियो। तर बालुवाटार बैठकपछि हिँडेका प्रचण्ड चार दिनदेखि त्यतै अलमलिएका छन्। उनको अलमलले दुई पार्टीको औपचारिक बैठक समेत बस्न सकेको छैन।

महत्वपूर्ण विषय सल्टाउन छाडेर प्रचण्ड किन चार दिनदेखि काठमाडौंबाहिर स–साना कार्यक्रममा अल्झिएका छन् रु यसले ‘अड्कबाजीको बजार’मा नयाँ नयाँ आशंका गर्नेलाई बल मिलेको छ।यो समचार कान्तिपुरमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७