चिया खेतीका लागि माटो परीक्षण


११ पुष २०७४, मंगलवार
Soil Testing

भोजपुर : भोजपुरमा चियाखेतीका लागि निःशुल्क माटो परीक्षण शिविर भइरहेको छ । भोजपुरका धेरै ठाउँमा चियाखेतीको प्रशस्त सम्भावना रहेको भए पनि माटो परीक्षण नहुँदा किसानले खेती गर्न समस्या परेकाले सहज तरिकाले खेती गर्न माटोको परीक्षण शुरु गरिएको हो । सोमबारदेखि माटो परीक्षण गर्न थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।Soil Testing

यसका लागि भोजपुर जिल्लाका किसानले नमुना माटो ल्याएर भोजपुर सदरमुकामको जिल्ला सहकारी संघमा दर्ता गर्न सक्ने आयोजकले जनाएका छन् । किसानलाई विभिन्न सञ्चारमाध्यमबाट पनि यसबारे सूचना गरिएको बताउँदै आयोजकले सबैलाई आफ्नो माटो परीक्षण गराउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७