‘शहर उस्तै रहेछ, गाउँ फेरिँदैछ’


७ कार्तिक २०७६, बिहीबार
Dhurba Raj Rai

ध्रुवराज राई कुनै बेला तत्कालिन नेकपा (एमाले) निकट अनेरास्ववियुका जुझारु नेता थिए । अखिलको महाधिवेशनमा उपाध्यक्षमा पराजित भएपछि उनी चटक्कै काठमाडौं छोडेर गाउँ अर्थात् गृह जिल्ला भोजपुर फर्किए । भन्छन्, ‘शहरको रमझम र रंगीचङ्गीलाई चटक्क छोडेर गाउँको धुलोहिलोमा गएँ ।’ हालका पर्यटन मन्त्री योगेश भट्टराईले गाउँ फर्किने सल्लाह दिएपछि उनी गाउँ फर्किएको सुनाउँछन् । भन्छन्, ‘पुतलीसडकको एउटा क्याफेमा कफी खुवाएर धाप मार्दै योगेश दाईले गाउँ फर्किन सुझाव दिनुभयो । म उहाँको सल्लाह मानेर फर्किएँ । अहिले योगेश दाईले सही सुझाव दिनुभयो भन्ने लागिरहेको छ ।’

भोजपुर फर्किएपछि उनी गाउँका जनतासँग नजिक भए । यही कारण गत स्थानीय तहको निर्वाचनमा भोजपुरको टेम्के मैयुङ गाउँपालिका प्रमुखको उम्मेवार बने । निर्वाचन बेला उनी निकै चर्चित भए । भोजपुरमा उनको बिरुद्ध अरु सबै दलको महागठबन्धन बनेको थियो । उनले भोजपुरमा बनेको तत्कालिन महागठबन्धनका उम्मेदवारलाई पराजित गरे । सम्भवत नेपालका युवा गाउँ पालिका प्रमुख मध्येका एक हुन् । उनी अहिले टेम्के मैयुङमै बस्छन् । करिब डेढ वर्षपछि मात्रै उनी काठमाडौं आए ।

काठमाडौं अझै उस्तै भएको उनको बुझाई छ । तर, गाउँमा भने बिस्तारै परिवर्तन भएको उनको दाबी छ । भन्छन्, ‘गाउँ बिस्तारै बन्दैछ, तर शहर उस्तै रहेछ ।’ भोजपुरे टेम्के मैयुङ गाउँपालिका प्रमुख राईले आफ्नो गाउँपालिकालाई कामको हिसाबले प्रथम बनाएका छन् । उनका सहकर्मी साथीहरु अझैं पनि काठमाडौंमा कजेलका राजनीति गरीरहेको बेला उनी गाउँ बिकासमा छन् । भन्छन्, ‘हिलोमा गाडिँदै धुलोमा पुरिँदै जनताको काम गरीरहेको छु ।’ हेर्नुहोस् कुराकानी :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७