चितवन टाइगर्स इपिएलबाट बाहिरियो,शरदको टिम विजयी


११ पुष २०७४, मंगलवार
sharad vesawkar

काठमाडौं: चितवन टाइगर्स राजधानीमा जारी टिभिएस एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छ ।sharad vesawkar

भैरहवा लिग चरणको एक खेल अगावै प्ले अफ चरणमा पुग्न सफल भएको थियो ।क्वालिफायरको पहिलो खेलमा शीर्ष स्थानमा रहेको विराटनगर र भैरहवाबीच खेल हुनेछ । क्वालिफायरको विजेता टोली सोझै फाइनल प्रवेश गर्नेछ । भने पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग इलिमेटर खेल खेल्ने मौका पाउनेछ । चितवनले दिएको ८८ रनको झिनो लक्ष्य भैरहवाले १८।३ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो ।

भैरहवाका लागि पुनित मेहराले ३० रनको बनाए । रोहित कुमार पौडेल २० रन जोडे । पुनित र रोहितले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । भुपेन्द्र थापा १३ रनमा आउट भए । कप्तान शरद भेषवाकर ८ रन बनाए । भैरहवाले पनि शुरुवाती तीन ब्याट्सम्यान सस्तैमा गुमाएको थियो ।

कृष्ण कार्कीले ९ रन थपे । ओपनर प्रदिप ऐरी १ तथा प्रथम सालुङ्के शुन्य रनमा आउट भए । चितवनका शाहव आलम र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । कमल सिंह ऐरी र प्रविन गुप्ताले समान १ विकेट लिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन टाइगर्सले पुरा २० ओभर खेल्दै ९ विकेट गुमाएर ८७ रनको सामान्य स्कोर खडा गरेको थियो । यो योगफल प्रतियोगिताकै न्युन हो । ४ खेलाडीले मात्र दोहोरो अंक छुन सकेको चितवनका लागि कप्तान दिपेन्द्र र योगेन्द्र सिंह कार्कीले सर्वाधिक सर्वाधिक समान १५ रन बनाएका थिए ।

ललित सिंह भण्डारीले १३ रन जोडे भने ट्यालेन्ट हन्टबाट छानिएका आकाश थापा १० रन थपे । प्रविण गुप्ता ८ रन र दिलिप नाथ ४ रनमा आउट भए । भैरहवाका लागि कप्तान शरदले सर्वाधिक ३ लिए । भुवन र हरिशंखर शाहले समान २ तथा कृष्ण र पुनितले समान १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७