गृहका सहसचिव सुवेदी सचिवमा बढुवा


७ कार्तिक २०७६, बिहीबार
subedi

काठमाडौं, ७ कार्तिक । गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन् ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए । सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सुवेदीलाई कामकाजका लागि पदस्थापना भने गरिसकिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७